आलोक मल्टि ट्रेड कन्सर्नको घाउमा मलहम लगाउँदै कैलाली उद्योग वाणिज्य संघ, सबैमा सहयोगको अपिल

आलोक मल्टि ट्रेड कन्सर्नको घाउमा मलहम लगाउँदै कैलाली उद्योग वाणिज्य संघ, सबैमा सहयोगको अपिल

धनगढी । धनगढी उपमहानगरपालिका ४ चटकपुर स्थित आलोक मल्टी कन्सर्न प्रा.लीमा आगलागीबाट ठुलो क्षति ब्यहोरेको भन्दै कैलाली उद्योग वाणिज्य सङ्घले सबैमा सहयोगको अपिल गरेको छ। आइतबार उद्योग वाणिज्य सङ्घ कैलालीले व्यापार व्यवसायी तथा पीडित सञ्चालक द्वयसँग छलफल गर्दै सबैमा सहयोगको अपिल गरेको हो ।

यस्तै उद्योग वाणिज्य सङ्घ कैलालीले आगलागीबाट भोजराज भट्ट र पदम भण्डारीको संयुक्त लगानीमा सञ्चालन गर्न लागिएको उद्योगको उद्घाटन पुर्व ठुलो क्षति ब्येहोरेकोमा सञ्चालक द्वयलाई सदैव सहयोग र सहकार्य गर्ने र विपद्को घडीमा सञ्चालकलाई पुनः उद्योग सञ्चालनका लागी आवश्यक रकम सहयोग गरिदिन सबैमा आग्रह गरिएको अध्यक्ष पुष्पराज कुवंरले बताए ।

सहयोगका लागी संधिय, प्रदेश र स्थानीय सरकार, बैङ्क तथा वित्तीय संस्था, आन्तरिक राजस्व कार्यालय भन्सार कार्यालय, उद्योग व्यवसायी, सरोकारवाला निकाय तथा सबैलाई अपिल गरिने  बताए । यस्तै कैलाली उद्योग वाणिज्य सङ्घले क्षतिबाट सञ्चालक द्वयलाई पर्न जाने आर्थिक भारलाई कम गर्न ग्लोबल आइएमइ बैक धनगढीको खाता नम्बर २४०१०१०००००४४ मा सहयोग रकम जम्मा गर्न सबैमा आग्रह गर्दै उद्योग वाणिज्य सङ्घले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

No description available.