कञ्चनपुरमा एक कुखुरा फर्ममा आगलागी

कञ्चनपुरमा एक कुखुरा फर्ममा आगलागी

 कञ्चनपुर । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका १ बन्दास्थित १ कुखुरा फर्ममा आगलागी भएको छ।

स्थानीय खगेन्द्र धामीको कुखुरा फर्ममा आइतबार बेलुका अचानक आगलागी हुँदा जलेर नष्ट भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमर बहादुर क्षेत्री थापाले फर्ममा आगलागी हुँदा १ सय चल्ला चलेर नष्ट भएको जानकारी दिए। जसबाट ६० हजार बढी रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।