शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रदेश स्तरीय प्रबोधीकरण कार्यक्रम धनगढीमा सम्पन्न

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रदेश स्तरीय प्रबोधीकरण कार्यक्रम धनगढीमा सम्पन्न

धनगढी । आर्थिक वर्ष २०७५/०७६ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट गरिएका कार्यसम्पादन परीक्षण तथा विद्यार्थी सिकाइ उपलब्धि परीक्षणका प्रतिवेदन तथा नतिजाहरूको प्रबोधीकरण कार्यक्रम आइतबार धनगढीमा सम्पन्न भएको छ ।

शिक्षा विकाश तथा समन्वय इकाई कैलालीको सभा हलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन सत्रमा संयोजक वैकुण्ठ सुवेदी रहनुभएको थियो । भने स्वागत मन्तव्य तथा प्रबोधीकरण कार्यक्रमको उद्धेश्यमाथी प्रकाश शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानो ठिमी भक्तपुर का निर्देशक उत्तर कु. पराजुलीले राख्नुभएको थियो । 

त्यस्तै, कार्यक्रमको उद्घोषण शैक्षिक गुणस्तर परीक्षण  केन्द्र सानो ठिमी भक्तपुर की शाखा अधिकृत इन्दिरा बुढाथोकीले गर्नुभएको थियो । साथै सेसन सञ्चालन शैक्षिक गुणस्तर परीक्षण  केन्द्र सानो ठिमी भक्तपुरका प्राविधिक अधिकृत लवदेव भट्ट ले गर्नुभएको थियो । 

त्यस्तै, कार्यक्रममा सामजीक विकास मन्त्रालयका प्रतिनिधि, धनगढी उप९महानगरपालिकाका प्रतिनिधि, राष्ट्रिय परिक्षाबोर्ड कैलालीका प्रतिनिधि, शिक्षा समन्वय इकाई कैलालीका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, पत्रकार लगायत अन्य शैक्षिक सरोकारवालाहरूको सहभागिता रहेको थियो । 

कार्यक्रमका संंन. २०१९ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थिहरुको सिकाई उपलब्धि बारे गरेको राष्ट्रिय परीक्षणको नतिजा के(कस्तो छ भनी प्रस्तुत गरिएको थियो । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्र ले कक्षा १० को नेपाली, गणित, अङ्ग्रेजी र विज्ञान गरी चार वटा विषय माथि गरिएको विद्यार्थिहरुको सिकाई उपलब्धि बारे परीक्षण गरेको जानकारी दिँदै शैक्षिक गुणस्तर परीक्षण  केन्द्र सानो ठिमी भक्तपुरका प्राविधिक अधिकृत लवदेव भट्टले उक्त परीक्षणले विद्यार्थिहरुको सिकाई अवस्था सन्तोष जनक नरहेको र यी चार विषयमा मात्रै नभई विद्यार्थिहरुको सिकाइ उपल्ब्धी सम्पूर्ण षियमा एकदमै कमजोर रहेको देखिएको र कक्षा १० मा अध्ययनरत विद्यार्थीले आफूभन्दा तल्लो तहको (कक्षा ६,७,८,९)को समेत ज्ञान नभएको देखीको बताउनु भएको छ ।

No description available. 

त्यस्तै, भट्टले अन्य प्रदेशको तुलनामा कर्णाली र प्रदेश नं. २ बाहेक अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशका विद्यार्थिहरुको शैक्षिक सिकाई गुणस्तर तथा उपलब्धी कमजोर देखिएको बताउनुभएको छ । 
समग्र देशभरिका विद्यार्थिहरुको शैक्षिक सिकाई गुणस्तरको बारेमा जानकारी दिनुहुँदै भट्टले, छात्राको छात्र भन्दा कमजोर, सहरी भन्दा ग्रामीण भेगका विद्यार्थिहरुको कमजोर, नेपालीमात्री भाषा भएका विद्यार्थी भन्दा अन्य मात्रृभाषा भएका विद्यार्थिहरुको सिकाई गुणस्तर अवस्था कमजोर, आमा बुबाको आर्थिक शैक्षिक स्तर बढी भएका दिद्यार्थिहरुको भन्दा आर्थिक शैक्षिक अवस्था कमजोर भएका विद्याथिएहरुको सिकाई मा प्रभाव पारेको देखिएको र समयमा गृहकार्य गर्ने, कक्षामा पनि खालि समय भएको बेला पनि कक्षा कार्य गर्ने द्यिार्थिको सिकाई उपलब्धि राम्रो देखिएको उहाँले बताउनुभएको छ ।  

No photo description available.

त्यस्तै, शैक्षिक गुणस्तर परीक्षण  केन्द्र सानो ठिमी भक्तपुरका प्राविधिक अधिकृत लवदेव भट्टले देशभरिका कक्षा १० मा अध्ययन गर्ने विद्यार्थिहरु मध्ये गणितमा १९ प्रतिशत, विज्ञानमा ३७ प्रतिशत, नेपालीमा २० प्रतिशत र अङ्ग्रेजीमा ३० प्रतिशत विद्यार्थिहरुमा उनीहरूको तहअनुसार हुनुपर्ने ज्ञान सिप समेत नभएको हुनाले ती सबै विद्यार्थिहरुको सिकाइ उपलब्धि बढाउन स्थिानिय सरकार, प्रदेश सरकार, संघिय सरकारले सम्बन्धित विषय शिक्षकलाई समेत ऊर्जा मिलने गरी कुनै निश्चित कार्यक्रम बनाएर समग्र देशको शैक्षिक गुणस्तर बढाउनमा जोड दिनुपर्ने उहाँले बताउनुभएको छ ।