भीम रावललाई प्रधानमन्त्री ओलीको प्रश्न-‘तपाई कुन पार्टीको हो ?’

भीम रावललाई प्रधानमन्त्री ओलीको प्रश्न-‘तपाई कुन पार्टीको हो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका सांसद् भीम रावलाई ‘तपाई कुन पार्टीको नेता हो’ भनेर उल्टो प्रश्न गर्नुभएको छ । आइतबार संसद् भवनमा तपाई कुन पार्टीको हो भनेर प्रधानमन्त्री ओलीलाई भीम रावलले भनेपछि सोमबार काठमाडौंमा आयोजित १ सय ११औँ महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रावललाई पनि ‘तपाई कुन पार्टीको हो’ भनेर प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो संसद्मा एकजनाले तपाई कुन पार्टीको हो भनेर सोध्नु’भो । अब मैले सोध्न नपरोस तपाई कुन पार्टीको हो रु देखिराछ, देखेर पनि नदेखेको जस्तो गर्छ । सर्वोच्चलाई सोध्न गए हुन्छ ।’ आफू नेकपाको साधारण सदस्य पनि नभएको उहाँले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नेकपाको साधारण सदस्य पनि होइन । संसद् पुनःस्थापनामा मुद्धा मामिला गर्नुको सट्टा निर्वाचनमा गएको भए देश अर्के गतिमा अघि बढ्ने पनि उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘लडाइ गरेर, मुद्धा गरेर । निर्वाचन गएको भए देश नयाँ गतिमा जान्थ्यो ।