भीम रावललाई ओलीको जवाफ : म कुन पार्टीको प्रधानमन्त्री भनेर सर्वोच्चलाई नै सोध्नुस्

भीम रावललाई ओलीको जवाफ : म कुन पार्टीको प्रधानमन्त्री भनेर सर्वोच्चलाई नै सोध्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेलाई सर्वोच्च अदालतमा गएर सोध्न आग्रह गरेका छन् । उनले १ सय ११ औँ महिला दिवसको अवसर पारेर राखिएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले नेता भीम रावलाई इंगित गर्दै भने, ‘यदि मैले उहाँलाई कुन पार्टीको हो भनेर सोधेँ भने ?’ यसअघि साविकको प्रचण्ड–नेपाल पक्षको नेकपाका नेता नेता भीम रावलले संसदमा वर्तमान सरकार कुन पार्टीको हो भन्दै प्रश्न गरेका थिए ।

उनले भनेका थिए, ‘वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने अहिलेका प्रधानमन्त्री कुन पार्टीको ?’

सर्वोच्च अदालतले आइतबार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत तथा नियम विपरीत दर्ता भएको ठहर गरेको थियो ।