भू-उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

भू-उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

नेपाल र बंगलादेश सरकार (सरकार–सरकार) बीच जिटुजी सम्झौतानुसार पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ। बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्ये पहिलो लटमा दुई हजार ५०० टन नेपाल आइपुग्ने भएको हो। 

मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्ये आज बेलुका वा मंगलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ।

कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगञ्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ। 

गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए। यसैगरी आज पुनः रेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ। 

पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ। बंगलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए।

उनका अनुसार  कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौतानुसार बंगलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो। जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो। मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो।

तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो। सम्झौता भएको साढे तीन महिनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको हो।

कम्पनीले बंगलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई)को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ।