अबैध सामानको तस्करी बढ्न थालेपछि कञ्चनपुरको पुनर्वासका बजार बन्द

अबैध सामानको तस्करी बढ्न थालेपछि कञ्चनपुरको पुनर्वासका बजार बन्द

कञ्चनपुर । पछिल्लो समय  सिमावर्ती नाका भारतबाट अबैध सामानको तस्करी र भन्सार  छलिका सामानमा वृद्धि भएको भन्दै कञ्चनपुरको पुनर्वास बजार बन्द गरिएको छ । उद्योग बाणिज्य संघ पुनर्वास शाखाले नगरपालिका भित्रका स्थानिय बजारहरु आधा दिन दिउँसो १२ बजे सम्मका लागि बन्द गराएको हो ।

उद्योग बाणिज्य संघले बन्द आह्वान गरेपछि पुनर्वासका मुख्य बजार आईबिआरडी बजार र प्रतिभा बजार पूर्ण रुपमा बन्द भएका छन । ब्यवसायीहरुले सिमा नाकामा कडाई गरिनुका साथै भन्सार कार्यालयको स्थापनाका लागि स्थानिय निकाय सँग माग समेत गरेका छन ।

भारतीय सिमा सँग जोडिएको पुनर्वासमा खुला सिमाका कारण विभिन्न चोरी नाका हुँदै लागू औषध जस्ता अबैध सामानका साथै भन्सार छलेर लाखौँको मालसामान भित्रिने गरेको स्थानियहरुले बताउदै आएका छन् । 

स्थानिय निकाय सँग सिमा नाका बन्द गर्नका लागि पटक पटक अनुरोध गरेको र डेलिगेशन समेत गरेको भएपनि नगरपालिकाले कुनै चासो नदेखाएपछि साँकेतिक रूपमा बजार बन्द गराउनु परेको कञ्चनपुर उद्योग बाणिज्य संघ पुनर्वास शाखाका अध्यक्ष कृष्ण बहादुर तामाङ्ले बताए ।

स्थानिय निकाले बेवास्ता गरेमा फागुन २६ गते नगरपालिका घेराउ, तालाबन्दि लगायतका सशक्त आन्दोलन गरिने उद्योग बाणिज्य संघले जनाएको छ ।