प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो।
बैठकमा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको पार्टीलाई दिएको र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा खारेज गरेको विषयमा छलफल हुनेछ।
यसअघि बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।