धनगढी । नेपाल रेडक्रस सोसाइटी धनगढीले ५० औं स्वर्ण जयन्ती मनाउने भएको छ। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै शाखाले स्थापना दिवसको अवसरमा फागुन २६ गते स्वर्ण जयन्ती मनाउने जानकारी दिएको हो ।
रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको अर्धकदको शालिकको अनावरण गरिने नेपाल रेडक्रस सोसाइटी धनगढीका मन्त्री लोकराज जोशीले बताए। सोही दिन प्रभातफेरी र सम्मानको कार्यक्रम समेत रहेको छ ।