गोदावरी पत्रकार मञ्चद्वारा महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

गोदावरी पत्रकार मञ्चद्वारा महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

धनगढी । गोदावरी पत्रकार मञ्चले गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न सहयोग गरेको छ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पारेर मञ्चले अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरुलाई संरक्षण दिदै आएको महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न सहयोग गरेको हो ।

अत्तरियाका बिभिन्न मिडियामा आबद्ध कृयशिल पत्रकारहरुलाई समेटेर गठन गरिएको पत्रकार मञ्चको टिमले आफ्नो पहिलो कार्यक्रम स्वरुप सेभ हाउसलाई आज एक औपचारिक कार्यक्रमका बिच चामल , दाल , नुन , तरकारी लगाएतका खाध्यान्न सामाग्रीहरु सहयोग गरेको हो ।

जसमा २ कट्टा चामल , ३ किलो दाल , नुन २ प्याकेट , ५० किलो आलु , बन्दा गोवी २० किलो , फुल गोवी १० किलो , प्याज ५ किलो र टमाटर ५ किलो र हरियो धनिया सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरिएको गोदावरी पत्रकार मञ्चका प्रवक्ता प्रेम बिष्टले जानकारी दिए ।

मञ्चले यस क्षेत्रका समस्याहरुलाई सामुहिक रुपमा उठान गरी सम्बन्धित निकायको ध्यानाकर्षण संगै समस्यामा परेकाहरुलाई सहयोग पनि गर्दै जाने कार्यक्रम अन्र्तगत पहिलो कार्यक्रममा खाध्यान्न सहयोग गरिएको उनले बताए ।