सर्वोच्चको फैसलामा कानुनी उपचार खोज्ने प्रचण्ड–नेपाल समूहको निर्णय

सर्वोच्चको फैसलामा कानुनी उपचार खोज्ने प्रचण्ड–नेपाल समूहको निर्णय

पहिलेको नेकपाको प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने भएको छ । सोमवार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको हो । 

यस्तै सर्वोच्च अदालतले गरेको निर्णयबारे गम्भीर असहमति राख्ने पनि बैठकले निर्णय गरेको छ । सर्वोच्चले गरेको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर गरिएको राजनीतिक फैसला भएको र यसमा गम्भीर असहमति राख्दै कानुनी उपचार खोज्ने पनि बैठकले निर्णय गरेको छ । 

पार्टीको नाम मात्रैमा फैसला हुनुपर्नेमा राजनीतिक पार्टीको एकता गर्नेरनगर्ने र पार्टी विभाजन गर्ने फैसला अस्वाभाविक भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

सोमवारको बैठकले नेपाली कम्युनिस्ट आन्दोलनको एकताका लागि अविचलित भएर अघि बढ्ने पनि निर्णय गरेको छ ।