धनगढी उप–महानगरपालिकाद्धारा ५५ बर्ष माथिकालाई खोप लगाउन सुरु

धनगढी उप–महानगरपालिकाद्धारा ५५ बर्ष माथिकालाई खोप लगाउन सुरु

धनगढी । कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत धनगढी उप–महानगरपालिकाले ५५ बर्ष उमेर समुह भन्दा माथिका ब्यक्तिलाई खोप लगाउन सुरु गरेको छ ।

संघिय सरकारले ६५ बर्ष भन्दा माथिकोलाई खोप लगाउन आव्हान गरेपनि धनगढी उप–महानगरपालिकाले भने ५५ बर्ष माथी उमेर समुहका ब्यक्तिलाई खोप लगाउन सुरु गरेको हो ।

सुरु देखि नै संघीय सरकारले ५५ बर्ष माथी उमेर समुहका ब्यक्तिलाई कोरोना बिरुद्धको खोप लगाउन प्रचारप्रशार गरेर अन्तीम अवस्थामा ६५ बर्ष भन्दा माथीको उमेर समुहका ब्यक्तिलाई मात्र खोप लगाउन भन्यो नगरप्रमुख वडले भने, ‘ नागरिकहरुलाई सजिलो होस भनेर हामीले पूर्व प्रचारप्रशार अनुसार नै ५५ बर्ष उमेर समुहका ब्यक्तिलाई खोप लगाई रहेका छौं ।’ 

सरकारले नै नागरिकलाई अलमलमा पार्नु हुदैन भनेर धनगढी उप–महानगरपालिकाले ५५ बर्ष उमेर समुह माथीका ब्यक्तिलाई खोप लगाउन सुरु गरेको नगरप्रमुख वडले बताए ।  दोश्रो दिन सम्म ३ हजार ९ सय ७४ जनाले खोप लगाएका छन् ।

May be an image of 2 people and people standing