पहाडी तथा हिमाली भेगमा हल्का वर्षाको सम्भावना

पहाडी तथा हिमाली भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज अपराह्न गण्डकी, वाग्मती र प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आगामी बिहीबारसम्म नै पहाडी भेगमा वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन २५ गते (मंगलबार)

दिउँसो : गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । अपरान्ह पश्चात गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू-भागका एकदुई स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

फागुन २६ गते (बुधबार)

दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । अपरान्ह पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

फागुन २७ गते (बिहीबार)

दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । अपरान्ह पश्चात गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।