धनगढी उपमहानगरको बजेट १ अर्व ७९ करोड ३४ लाख

धनगढी उपमहानगरको बजेट १ अर्व ७९ करोड ३४ लाख

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि १ अर्व ७९ करोड ३४ लाखको आय व्यय सार्वजनिक गरेको छ । 

उपमहानगरपालिकाले आईतवार आयोजना गरेको तेस्रो नगरसभामा उपप्रमुख सुशिला मिश्र भट्टले आर्थिक वर्ष २०७५÷७६ का लागि १ अर्व ७९ करोड ३४ लाखको आय व्यय तथा नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । जसमा चालुतर्फ ८० करोड ४९ लाख र पुजीगततर्फ ९८ करोड ९५ लाख छुटयाईएको छ ।  

आन्तरिक आय, वित्तिय सामान्यीकरण, राजस्व वाडफाड, सशर्त अनुदान, सामाजिक सुरक्षा कार्यक्रम, सिमा क्षेत्र विकाश कार्यक्रम लगायत अन्य आय गरि आगामी आर्थिक वर्षमा १ अर्व ७९ करोड ३४ लाखको आयको अनुमान गरिएको छ । 

‘सम्बृद उपमहानगरपालिका, सम्बृद नगरवासि’ को नारा लिई पूर्वाधार विकाश, कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सुचना प्रविधि तथा सञ्चार, उद्यम र सहकारीको विकाश, पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिर्दै उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

उपप्रमुख सुशलिा मिश्र भट्टले आर्थिक विकाश, सामाजिक विकाश, पूर्वाधार विकाश, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा सस्थागत विकाश गरि ५ शिर्षकमा केन्द्रित रहेर नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

आर्थिक विकाशतर्फ एक वडा एक कृषि उत्पादनका लागि प्रत्येक वडामा जेटिए राखिने, सवै वडामा माटो परिक्षको व्यवस्था गरिने, उमहानगरपालिकाको १२ नम्बर वडामा द्धारिकादेवी कृषि अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ । 

नदी किनारामा साईकल ट्रयाक बनाईने, सपिङ कम्पलेक्स सहितको भ्य्ू टावर र घण्टा घर निर्माण गरिने, स्वकृति लिएर मात्रै जग्गा प्लटिङ गर्ने व्यवस्था गरिने र एक घर एक उद्यम कार्यक्रम सञ्चालनमा ल्याईने जनाईएको छ ।

सामाजिक विकाशतर्फ पुनःस्थापना गृह, जेष्ठ नागरिक आश्रम, निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन, बालबालिका, किशोर किशारीसँग उपमेयर र असहाय तथा विपन्नसग मेयर कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमुना विद्यालय, विद्यार्थीका लागि झिकाउ, सिकाउ, टिकाउ र विकाउ नीति लिईने, दुई एम्वुलेन्स खरिद गरि सञ्चालनमा ल्याउने, नीति तथा कार्यक्रममा उल्लेख छ । 

पूर्वाधार विकाशतर्फ पक्की नाली निमार्ण गरेर मात्रै पक्की सडक बनाउने, फुटपात सहितको सहरी सडक, नगर यातायात गुरुयोजना लागु गरिने, विशालनगरको नेतुवा तालमा वाटरपार्क निर्माणको कार्य सुरु गरिने, अपाङ तथा बालमैत्री सरचना निर्माण गरिने, खाल्डाखुल्डी मुक्त उपमहानगर कार्यको थालनी गरिने बताईएको छ । 

नगरको स्वच्छताका लागि एक लाख ५० हजार वोटविरुवा राप्ने, अतिक्रमण हटाई साईकल तथा हरियाली पार्क निर्माण, चिडिया घरका लागि सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

प्रत्येक वडामा प्रहरी विट स्थापना गरिने, नगरका विभिन्न क्षेत्रमा सिटिटिभि जडान गरिने, मेलमिलाप केन्द्र स्थापना गरिने, न्याय सम्पादन ढिलो हुनु न्याय नपाउनु सरह हो भन्ने सिद्धान्तलाई जोड दिदै न्यायिक समितिमा छिटो, छरितो तथा सर्वसुलव न्याय सम्पादन गरिने, अपाङग, बालबालिका, महिलामैत्री ईजलास स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको आय व्यय तथा नीति तथा कार्यक्रममा वडा अध्यक्ष तथा सदस्यहरुले छुटेका विषय समेटन सुझाव दिएका छन । केहीले भने विरोध गरेका छन भने केहीले कार्यान्वयमा जोड दिनु सुझाव दिएका छन । 

उनीहरुले आफनो कार्यकाल ४ वर्ष रहेका कारण ४ वर्षै कार्यक्रम समावेश गर्नुपर्नेमा पनि जोड दिएका छन ।