२१ वर्षिय युवकको घाटी रेटी हत्या

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ ।

काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए । घटनाबारे थप विवरण आउनै बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घरमै एक्लै रहेको अवस्थामा अज्ञात व्यक्तिले उनकाे  हत्या गरेको स्थानीयले जनाएका छन् ।

उनले पेन्ट सम्बन्धि काम गर्दै आएका थिए । घटनास्थलमा ईप्रका निजगढको प्रहरी टोली परिचालन भएको छ भने जिल्ला प्रहरी कार्यालय बाराको टोली समेत आउदै गरेकाे प्रहरीले जनाएकाे छ।