ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई सुर्य थापाले दिए ‘अपराधी’ को संज्ञा

ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई सुर्य थापाले दिए ‘अपराधी’ को संज्ञा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका छन् ।

मंगलवार बिहानै फेसबुकमा स्ट्याटस लेख्दै थापाले ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई ‘अपराधी’ को संज्ञा दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका हुन् ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता बदर गरी एकता पूर्वको नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेताहरु आफ्नो पुरानो पार्टीमा नै फर्किएका छन्।

प्रधानमन्त्री ओलीलाई छाडेर पुष्पकमल दाहाल प्रचण्डतीर लागेका माधवकुमार नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेतिर नै फर्किएका छन्।