टीकापुरमा वनभोज गएको बसले ठक्कर दिँदा ३ जना घाइते

टीकापुरमा वनभोज गएको बसले ठक्कर दिँदा ३ जना घाइते

कैलाली ।   कैलालीको टीकापुरमा वनभोज गएको बसले ठक्कर दिँदा ३ जना घाइते भएका छन। 

सुदूरपश्चिम विश्व विद्यालयका विद्यार्थी सवार ना ४ ख ४२५४ नम्बरको बसले टीकापुर नगरपालिका वडा नम्बर ५ पार्कमोर्डमा मोटरसाइकललाई ठक्कर दिएको हो। 

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ४५ वर्षिय रामबहादुर डगौराले चलाएको बसले टीकापुर नगरपालिका वडा नम्बर ५ का ४५ वर्षिय हरिराम चौधरीले चलाएको से ३ स १६४८ माेटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएकाे सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।उनीसँगै २३ वर्षीया कमल चौधरी र ५ वर्षिय छोरा समेत घाइते भएका छन्। 

बसमा सवार ६ जना समेत घाइते छन्। टीकापुर प्रहरीले सोमबार बस नियन्त्रणमा लिएको थियो।