कंचनपुरको पार्टी कार्यालय पनि राखियो एमालेको बोर्ड

कंचनपुरको पार्टी कार्यालय पनि राखियो एमालेको बोर्ड

२५ फागुन, महेन्द्रनगर। सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि कंचनपुर महेन्द्रनगरमा रहेको पार्टी कार्यालयमा नेकपा लाई मेटाई  बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ । जिल्ला पार्टी कार्यालय महेन्द्रनगरको बोर्डबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मेटाई  बोर्डमा एमाले राखिएको हो ।

आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको समेत  जनाइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।यसलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको हो ।