जन्ती बोकेको माइक्रोबस दुर्घटना हुदाँ १२ घाइते, दुई गम्भीर

जन्ती बोकेको माइक्रोबस दुर्घटना हुदाँ १२ घाइते, दुई गम्भीर

जन्ती बोकेको माइक्रोबस सप्तरीको बोदे बर्साईन नगरपालिकामा मंगलबार बिहान दुर्घटना हुँदा चालकसहित १२ जन्ती घाइते छन । तीव्र गतिका कारण अनियन्त्रित भई विङ्गर गाडी पल्टिएर दुर्घटना भएको हो ।

बोदेबर्साईन नगरपालिका वार्ड नम्बर ८ काचनबाट जन्ती बोकेर गएको विङ्गर बिसनुपुर गाउँपालिका वार्ड नम्बर १ मधेपुराबाट घर फर्किने क्रममा बिसनपुर–बर्साईन सडक खण्डको सगरमाथा डेरी नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासमानले जानकारी दिनुभयो ।

ना १ ज ८९३८ नम्बर विङ्गर दुर्घटनामा परेर घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेमा बोदे बर्साईन नगरपालिका– ८ काचनका वर्ष ४५ को बच्चालाल दास र बर्ष २९ को देवनारायण दास रहेका छन् । उनीहरूको रुपनी गाउँपालिका १ स्थित युनिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बताइएको छ ।

त्यस्तै, सोही दुर्घटनाका घाइतेहरू अन्दाजी २३ वर्षीय रबिनकुमार दास, ५० वर्षीय राम दास, ३५वर्षीय शिवकुमार दासको उपचार एडभान्स क्लिनिक कल्याणपुर र २२ वर्षीय शंकर साह, २५ वर्षीय विजय कुमार यादव, गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरीको उपचार छिन्नमस्ता हस्पिटल राजविराजमा, ३० वर्षीय जयप्रकास साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दिपककुमार यादव, १८ वर्षीय कृष्णकुमार दास, १९ वर्षीय उमेशकुमार यादवको उपचार स्थानीय लाईफ केयर पोलि क्लिनिकमा उपचार भइरहेको प्रहरीले बताइएको छ ।

घाइते अधिकाँशको हातखुट्टा, टाउँको, छातीलगायत शरीरको विभिन्न भागमा चोट लागेको इलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख अरुण सिंहले जानकारी दिनुभयो ।