कैलालीको नेकपा पार्टी कार्यालयमा पनि एमालेको ब्यानर टाँगियो

कैलालीको नेकपा पार्टी कार्यालयमा पनि एमालेको ब्यानर टाँगियो

धनगढी । कैलालीमा पनि नेकपाको पार्टी कार्यालयमा एमालेको ब्यानर टाँगिएको छ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राखेको हो ।

धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरूमा एमालेको बोर्ड राख्न निर्देशन दिए सँगै कैलालीमा पनि एमालेको ब्यानर राखिएको हो।

नेकपा एमालेका प्रदेश अध्यक्ष कर्ण थापा, पूर्व प्रदेश मन्त्री तथा सांसद पठान सिंह बोहरा, कैलाली अध्यक्ष रतन थापा लगायतको उपस्थितिमा ब्यानर टाँगिएको थियो।