ओली र दाहाल अध्यक्ष रहेको 'नेकपा' निर्वाचन आयोगद्वारा खारेज

ओली र दाहाल अध्यक्ष रहेको 'नेकपा' निर्वाचन आयोगद्वारा खारेज

निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युिनस्ट पार्टी (नेकपा) निर्वाचन आयोगले खारेज गरेको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।

दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ । यस्तै,आयोगले सर्वोच्चको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको पनि ओली र दाहाललाई जानकारी दिने भएको छ ।