तिमीले अमृत सम्झिएको जहर हुन सक्छ

तिमीले अमृत सम्झिएको जहर हुन सक्छ

तिमीले अमृत सम्झिएको जहर हुन सक्छ।
कसैलाई जहर पनि पिउने रहर हुन सक्छ।

आमा भन्नुहुन्छ दुब्लाएर गइस बाबू के भो,
आमा म दुब्लाउने कारण नजर हुन सक्छ।

कौसीमा गुलाफ ताकेर हान्ने गर्छौ जहिल्यै,
ख्याल राख सिकार तिम्रो अधर हुन सक्छ।

फुलको प्रहारबाट घाइते हुनसक्छ यो दिल
हेर्नुस् यो युद्ध घमासान परस्पर हुन सक्छ।

तनले होइन मनले दुरी निर्धारण हुन्छ प्रिय,
र नजिकै एउटा नदी अर्को बगर हुन सक्छ।

मान्छे मान्छेदेखी तर्सेर हिडेको देख्छु यहाँ,
मलाई शङ्का छ यो ठाउँ सहर हुन सक्छ।

                   २०७७/११/२४ महेन्द्रनगर 

१११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना।।।