केपी ओली झन् शक्तिशाली ?

केपी ओली झन् शक्तिशाली ?

केपी शर्मा ओलीका ठाउँमा अरू कोही थियो भने सम्भवत: निकै पहिल्यै प्रधानमन्त्री विशेषण गुमाइसकेको हुन्थ्यो। आफ्नै दलका नेताहरूको घेराबन्दी र सरकारविरुद्ध असहयोगसँग उनी डटेर लडे। र, ढले–ढले–ढले लाग्दालाग्दै पछिल्लो समय झन् शक्तिशाली बनेर उभिएका छन्।

त्यो शक्ति राजनीतिक कौशलले मात्र आर्जेको होइन, सरकारको नेतृत्व गर्दा उनले केही ऐतिहासिक उपलब्धिसमेत हासिल गरेका छन्। त्यसले ओलीको राजनीतिक कदसमेत बढाएको छ। 

अन्नपूर्ण पोष्टले लेखेको छ।

राजनीतिक नि:शस्त्रीकरण

२०७४ फागुन ३ गते ओली प्रधानमन्त्रीको कुर्सीमा बस्दा नेपालमा ४४ सशस्त्र समूह क्रियाशील थिए। हत्या–हिंसाको शृंखला बढ्दो थियो। ठीक ३ वर्ष १८ दिनमा आइपुग्दा ओलीले हिंसाशून्य देश बनाएका छन्। फागुन २२ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई मूलधारमा फर्काउनु उनको अन्तिम ‘शान्ति–पहल’ थियो। त्यो हासिलसँगै अब देश राजनीतिक नि:शस्त्रीकृत बनेको छ। 

त्यसअघि ओलीले प्रधानमन्त्री बनेको अर्को वर्ष २०७५ फागुन २४ गते सीके राउतलाई राजनीतिक मूलधारमा ल्याएका थिए। पृथकतावादी सशस्त्र आन्दोलनमा उत्रिएका राउतले अन्तत: राष्ट्रिय अखण्डताको प्रतिबद्धता जनाउँदै हतियार बिसाएका थिए। यसबीच प्रधानमन्त्रीले वार्ताका माध्यमबाट अन्य सशस्त्र समूहलाई पनि हतियार बिसाउन बाध्य बनाए। देशमा अब हिंसात्मक आतंक मच्चाउने कुनै शक्ति छैन।