बैतडीमा चितुवाको आक्रमणबाट महिला घाइते

बैतडीमा चितुवाको आक्रमणबाट महिला घाइते

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्।

जिल्लाको सुर्नया गाउँपालिका–८ मा चितुवाले आक्रमण गर्दा ४० वर्षीया नारु साउद घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनको डडेल्धुरामा उपचार भइरहेको छ ।

स्थानीय भौनेली मन्दिर नजिकैको जंगलमा बादँर धपाउन गएको बेला उनलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।