कसले बनाई दियो होला बादी ?

कसले बनाई दियो होला बादी ?

बादी कसले बनाइदियो होला ? हाम्रो पुस्ता जो बर्षौ देखी जात पातको रंगीन समाजमा रमाइरहेका थिए । तिनीहरुले बनायो वा उनीहरुको आफ्नै कामले बादी बनायो ? यदि बजाएर बादि भैने भए अहिले बजाउनेहरु जो बजाउनु आफ्नो सपना र जिवनको सबैभन्दा ठूलो कर्म सम्झनछन तिनीहरु  किन बादी भएन त ?  यहि प्रश्न र जिज्ञासा् केही दिनयता निकै कौतुहल बनेर दिमागमा खेल्दै थियो । त्यही प्रश्नको उत्तर खोज्ने निकै धोका थियो ।

त्यहीँ प्रश्नको उत्तर खोज्ने सौभाग्य जुरायो कैलाली बहुमुखी क्याम्पसमा समाजकार्य अध्ययनरत विद्यार्थी दारा बादी बस्तीमा लगेको १ दिने शैक्षिक भ्रमणले । प्रत्यक्ष रुपमा बादिहरु संग नै भेटेर त्यहीँ मनमा बसेको प्रश्नको उत्तर खोज्ने सौभाग्य जुर्यो ।

सुदुर पश्चिमको अस्थायी राजधानी धनगढी कैलालीबाट करिब ९२ किलोमीटर टाढा छ बादी बस्ती । बादी बस्ती लम्की चुहा नगरपालिका ३ बलचौरमा अबस्थित छ । पुर्व पश्चिम राजमार्गको काखमा रहेको उक्त बस्ती सडकको छेउमा नै रहेको छ । करिब २०० घरधुरी भएको उक्त बस्तीमा १०५० जना बसोबास गर्दछन । २०६४ सालको बादिहरुको आन्दोलन पछि देशका विभिन्न ठाउहरुबाट आएर बलचौर बस्तीमा बसेका उक्त बादिहरु सरकारले अनुदान दिएको जमिनमा बसिरहेका छन । अहिले १ घर धुरी बराबर आदि कट्टा जमिन उहिहरु सङ्ग छ ।

उक्त जमिनमा केवल घर मात्र बनेको छ । विभिन्न समुदाय,मानिस,माथिल्लो जाती र बर्ग बाट पीडित र दबिदै आएका बादिहरुका आफ्नै कथा र व्यथा छन । बिहान बेलुकाको छाक टार्नकोलागी कोहि भारत पुगेका छन्,कोहि आफ्नै छाला पिस्दै छन त कोहि माग्दै हिड्दै गुजारा गर्दै छन । 

थाहा छैन त्यो मानिसको नामको पछाडी कोरिएका २र४ धर्सा शब्द र जातमा त्यस्तो के जादु छ जसले कोहि ठुला भए त कोहि साना भए । कोहि जोताउने भए त कोहि जोतिने भए । सबै जातजाति समान भनिएको समाज,देशमा तल्लो जात किन तल्लो नै भयो ? विभिन्न जातजाति,धर्म,संस्कृत भएको देशमा तल्लो जातको कुनै ओअनि महत्त्व छैन र ? के विभिन्न जातजातिको देश भनेर चिनिने देशको जातजातिमा बादी अटाउन सकेन ?

किन माथिल्लो जातजाति जस्तै बादिहरु पनि माथी बढ्न सकेन ? उनीहरु तल्लो जातिको भएकोले नै उनीहरु दबिएका हुन त ? यदि यहि जातियताको आधारमा बाहुन,क्षेत्रीले तल्लो जाती भनेर सधै बादिहरुलाइ वा तल्लो जातिहरुलाइ दबाउन र संकुचित गर्न खोजेको हो भने उनिहरुमाथी निकै ठूलो मानवीय अन्याय गर्दैछौं । यस्तै परम्परा चल्ने हो भने अब विभेदकारी समाज संस्कृतलाई लत्याउने बेला आएको छ ।

जुन नजरले हाम्रो समाजले बादिहरुलाइ हेर्दै छौ त्यो दृष्टिकोणमा अब परिबर्तन गर्नै पर्छ यदि फेरि पनि उनीहरुमाथी अन्याय गर्यछौ भने हामिलाइ निकै ठूलो पाप लाग्ने छ । जुन दृस्ठिकोणले हामिले उनीहरुलाई हेर्दै छौ त्यो दृष्टिकोणभन्दा निकै माथी पुगेको छ अहिले बादी समुदाय । बादी महिलाहरू केही रुपैयाँ कमाउन लागि आफ्नो शरीर,आफ्नो स्त्रीत्व बेच्छन् ।

रुपैयाँ पाउनलागि उनी शरिर बेच्न तयार हुन्छन् भन्नेहरू, शरीर किन्नेहरु किन त्यो कार्य बाट अछुतो भए रु शरीर बेच्नेहरु बदेनी भैन भने किन्नेहरु किन बादी हुन सकेनन् ? माथिल्लो बर्गले कुनै पुरुष संग सम्बन्ध राख्दा मानवीय आवश्यकता पूरा गरेको होला सम्झने समाज तर तल्लो जातिकाले नारिले सम्बन्ध राख्दा किन बदेनी भइन ? चाहे माथिल्लो जातको होस् या तल्लो जातको होस शरिर त मासु र छालाले नै बनेको छ होला नि सबको ? 

सबैको शरीरमा रातो रगत नै बग्छ होला नि ? कि माथिल्लो जातिको शरीरमा अर्कै प्रकारको रगत बग्छ रु अब यो सोचमा परिवर्तन ल्याउनै पर्छ । जसरी बादी महिलाहरू विभिन्न समयमा विभिन्न पुरुष दारा नाङ्गिनु पर्यो जसरी यौन सन्तुष्टिका लागि विभिन्न पुरुषले उनीहरुको नारित्व माथी आच आउने कार्य गरे अब त्यस्तो प्रवृत्ति अन्य गरिनु पर्छ । चाहे माथिल्लो जातको नारी होस् वा तल्लो जातको नारी होस् दुवै नारी आमा हुन ।

दुबै नारी धरतीमाता हुन दुवैलाइ सम्मान गरिनु पर्छ । अब फेरि २०६४ सालमा सिंहदरबारको मुल ढोकानिर पेटिकोट लगाएर मात्र एकहुल नारिहरुले आफ्नो हक र अधिकारको लागि अर्धनग्न भएर जुलुस निकाल्नु परेको थियो त्यस्तो प्रकारको आन्दोलन गर्नु पर्ने दिन अब नआवस । सताब्दी औं सम्म अधिकारको लडाइ मात्र गर्नु पर्न दिनको अब अन्त्य हुनु पर्छ । जसरी यो देशमा अरु जातिका नारिहरुले प्रतिनिधित्व गर्दै छन् जसरी अरु समुदायका नारीले देशमा हस्तक्षेप पुर्ण भुमिका खेल्दै छन त्यसरी नै बादी समुदायका नारी त तल्लो जातका नारिले पनि हस्तक्षेप गर्न सक्ने वातावरण सृजना गरिनु पर्दछ । 

राजनैतिक संस्कार र फोहरी राजनैतिकको चक्रभिउमा रुमलिरहेको देश झन निम्न वर्गीय र बादी समुदायमा यसको असर नपर्ने त कुनै सम्भावना नै भएन । देशको नीति निर्माण गर्ने,सबै समान हुन भन्ने,कानुन सबैका लागि समान हो भन्ने,जातजातिले किहि पनि सानो ठूलो हुदैन भन्नेहरु दारा नै पिडित हुदा कसलाई पो पीडा नहोला र ।

थिचिएको मानिसलाई झन थिच्दा,पिडित समुदायलाई झन पीडा दिदा त्यो समुदायमा बस्ने कुन बासिन्दा पो खुशी हुन सक्ला र ? दुखी लाई झन दुख दिदा कोहि खुशी हुन सक्छ र ? त्यस्तै कयौ पिडा,दुख,अन्यायको चपेटोमा पर्दै छ बादी समुदाय पनि । पहुँच,शक्ति,रुपैयाँको आडमा चल्ने यो देशमा गरिब,दुखी,असाहयको झन के नै पो लाग्छ र ? सायद हामी सङ्ग पनि पहुँच,शक्ति,रुपैयाँ र माथिल्लो जातिको भएको भय आज यसरी सुकुम्बासी भएर बस्नु पर्ने थियन होला ।

यसरी थिचोमिचोमा पर्ने थियनौ होला । सरकारले टाउको लुकाउने छाप्रो त दियो तर त्यो छाप्रोले मात्र के गर्नु जब एक छाक खानको लागि १०० ढोग गर्नु पर्छ भने ? बासले मात्र के गर्नु जब गाँस र कपास छैन भने ? यस्ता त कयौं समस्या छन् तर कसलाई सुनाउनु जकि सुन्ने निकाय नै छैन भने ।

आफ्ना व्याक्तिग चाहना र इच्छाहरु हावी भएको समाज र नेताहरु भए भने हामी जस्ता सुकुम्बासी,तल्लो जातिहरु जहिल्यै पनि पीडित हुँदै जादा रहेछौं । जहिल्यै पनि थिचोमिचोमा पर्दा रहेछौं । भन्दै दुख पोख्नेको कमि थियन बादी समुदायमा ।

ठूलो महलमा बस्ने चाहना छैनन,बास्मती चामलको भात खाने रहर छैनन । चाहना छ केवल विहान बेलुका खानको लागि माग्नु नपर्ने गरि हामीलाई कमाइखानको लागि कृषि योग्य जमिन उपलब्ध गराइदिवस भन्ने छ । आफ्नै पसिना बगाएर आफैले उत्पादन गरेको खेतबारीबाट खाने खुब रहर छ । यदि सरोकारवालाहरुले यस्तो गर्ने सक्दैन भने र हामिलाल पराइ सम्झन्छ भने सरकारले भनोस कि यिनिहरु भुटान बाट आएका सरणार्थी हुन यिनिहरुलाई त्यहीँ पठाउनु पर्छ । हाम्रो देशमा बस्ने यिनिहरु सरणार्थीलाई कुनै अधिकार छैन ।

भनेर भनिदिवस र हामिलाइ उतै जाने व्यवस्था मिलावस । त्यस्तो भन्यो भने हामी पनि सम्झने छौ कि हो हामी सरणार्थी रहेछौ यता अधिकार खोज्ने हाम्रो कुनै हक छैन भन्ने सम्झने छौ र कुन्टो कामलो बोकेत आफ्नो बाटो तताउने छौ । अनि उतै आफ्ना वेदना,दुख,पीडा सुनाउने छौ यदि सुनाउने ठाउँ र सुन्ने मानिस पारछौ भने । त्यसो होइन यिनिहर हाम्रै नागरिक हुन भन्ने सम्झन्छ भने अब सरकारले टाउको लुकाउने छाप्रो दिएर मात्र पन्छिन पाउदैन ।

बाँस संग सङ्गै गाँस र कपास पनिको पनि व्यवस्था गर्नै पर्छ । यति गरेछ भने हामी सम्झने छौ कि हाम्रो पनि अभिभावक रहेछ । साच्चै दुखी र पीडितको लागि पनि सरकार र सम्बन्धित निकाय रहेछ भन्ने सम्झने छौ । यस्तै दुख र मनका वेदना सुनाउनेको कमि थिएन त्यो जमानामा कमि थियो त केवल ती मनका पीडा र वेदना सुन्नेहरुको ।

पुर्व जन्ममा कुनै ठुलै पाप गरेका थियौं र त्यो पापका भारी अहिले बोकाइरहेका छन वा विधाताले नै ठगेका हुन केही पत्तो छैन । तर भाग्यले चाहि नराम्रो सङ्ग नै ठगेको हो । भाग्यमा नै खोट रहेछ र पो यो दिन देख्नु परेको रहेछ । विहान देखि बेलुका सम्म हातका छाला निस्कन्जेल सम्म काम गरे पनि साझको छाक टार्न धौधौ पर्छ ।

यो कस्तो अचम्म रहेछ ? कति सम्म अभागी रहेछौं हामी यतै बाट थाहा हुन्छ । हामी मात्र यस्ता हौला कि हामी जस्तै अरु पनि अभागी रहेछन् यो संसारमा ? यदि फेरि पनि जन्म भएछ भने माथिल्लो जातको भएर जन्मनु परोस् । एकचोटि माथिल्लो जातको भएर बाच्ने ठूलो रहर छ । लेखक कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी आभाष उपाध्याय हुन ।