धनगढी । सर्वोच्च अदालतले एमाले ब्युँताएपछि सुदूरपश्चिमको धनगढीमा रहेको प्रदेश पार्टी कार्यालयमा नेकपा लाई मेटाई बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ । बुधबार धनगढीस्थित चटकपुरमा रहेको प्रदेश पार्टी कार्यालयको बोर्डबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मेटाई बोर्डमा एमाले लेखिएको हो ।
आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।
देशभरको पार्टी कार्यालयहरूमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको समेत जनाइएको छ । त्यस लगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको हो ।