‘गणपति’को छायांकन सकियो

‘गणपति’को छायांकन सकियो

चलचित्र ‘गणपति’को छायांकन सकिएको छ । माघ ८ गतेबाट यो चलचित्रको छायांकन बन्दिपुरमा सुरु भएको थियो । निर्माणपक्षले डेढ महिनामा चलचित्रको छायांकन सकेको हो । चलचित्रको छायांकन सकेर यसको निर्माण टिम पोष्ट प्रोडक्शनमा व्यस्त छ ।

सविन अधिकारीले चलचित्रको निर्देशन गरेका हुन् भने सहयोगी निर्देशनमा संकर धिताल रहेका छन् । चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दिपुर गाउँपालिका थारुबासमा गरिएको छ । चलचित्रमा नायक मुकुन भुषाल, नायिका मेनुका प्रधानको साथमा कलाकार सूर्यमाला खनाल, जयनन्द लामा, राजाराम पौडेल, पुष्कर गुरुङ लगायतको अभिनय छ । चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारीले नै लेखेका हुने ।

लक्ष्मण थापा, विज्ञान केसी, अरविन्द्र गिरीको लगानीमा बनेको चलचित्रले भगवान र मानिसविचको फरक देखाउने निर्माणपक्षले बताएको छ । चलचित्रमा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी छ ।

चलचित्रको नाम धार्मिए सुनिएपनि यसले कुनै पनि धर्मको विरोध वा प्रचार नगर्ने निर्देशकले बताएका छन् ।