प्रतिनिधिसभा बैठक सुरु, आज शोक प्रस्ताव मात्रै पेस हुने

प्रतिनिधिसभा बैठक सुरु, आज शोक प्रस्ताव मात्रै पेस हुने

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा  बैठक सुरु भएको हो । फागुन २३ गते तत्कालीन नेकपाको एक पक्षद्वारा बहिस्कार र काँग्रेसको अवरोधपछि स्थगित भएको बैठक आज बसेको हो । 

आजको बैठकमा विभिन्न मितिमा सांसद तथा पूर्वसांसदहरुको  निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ भने विवादास्पद अध्यादेशको कार्यसूची हटाइएको छ ।

अध्यादेशकै विषयमा असहमति जनाउँदै २३ गतेको प्रतिनिधिसभा बैठक प्रभावित भएको थियो ।