नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने

नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने

नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ । बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नछाड्ने, प्रमुख र अरु प्रतिपक्षसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्नै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकार नछाड्ने बताउँदै वर्तमान परिस्थिती नियालिरहेको र त्यसको विश्लेषण गरेर अघि बढ्ने बताएका हुन् ।

स्थायी कमिटी बैठकले पार्टीको अहिलेको स्थितीको यथार्थलाई अगाडी राखेर अबको संगठन निर्माणको योजनालाई ठोस दिशामा अघि बढाउनको लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ ।