कुन-कुन राशि माथि छ शिवको कृपा, हेर्नुहोस यस्तो रहने छ तपाईको आज !

कुन-कुन राशि माथि छ शिवको कृपा, हेर्नुहोस यस्तो रहने छ तपाईको आज !

मेषः मेष राशि भएकाहरूका लागि आज दिन र समय मध्यम रहनेछ । चन्द्रमा दशौं भावमा भ्रमण गरिरहेकाले आँटे ताकेका काम अधूरै रहनेछन् । आफन्तले कुरा काट्नेछन् । व्यापार व्यवसायमा मन्दी आउनेछ । मन अस्थिर हुनेछ । नयाँ कामको थालनी नगर्नुहोला । यात्रामा पनि सावधान हुनुहोला ।
मेष राशि भएका व्यक्तिहरुका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । 
 
वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय ठीक छैन । चन्द्रमा नवौं भावमा भ्रमण गरिरहेका छन् । त्यसैले एक्कासी नयाँ रोगले दुःख दिने, आफन्तसंग वादविवादमा फसिने, मनमा नकारात्मक सोचाइ बढ्न सक्ने देखिन्छ । आज जे गर्दै हुनुहुन्छ निकै होसियारीका साथ गर्नुहोला । 
वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग ः नीलो, स्वामीराशि ः शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । साथै उदाउँदो सूर्यलाई अघ्र्य दिई शिवजीलाई जल चढाउनाले पनि ग्रहबाधा कम हुनेछ । 

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज पनि समय खराब छ । चन्द्रमा आठौं भावमा भ्रमण गरिरहेकाले तपाइँको आज सरकारी कार्यालयबाट हुने काम बन्नेछैन । आफ्नै सन्तानसंग झगडा हुन सक्छ । दुर्घटनाको सम्भावनालाई पनि नकार्न सकिन्न । आजदेखि दीर्घ रोग पनि देखा पर्नेछ । आज यात्रा र नयाँ कामको थालनी पनि सकभर नगर्नुहोला । 
मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रतिकूल अर्थात कठिन समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ । 

कर्कटः कर्कट राशिका लागि आज पनि समय शुभ छ । सातौं स्थानमा चन्द्रमा भ्रमण गरिहेकाले टाढाबाट धन आउन सक्छ । परिवारका सदस्यको सहयोगमा यसअघिका अधूरा कार्य आज पूर्ण हुनेछ । नयाँ ठाउँमा पारिवारिक भ्रमण पनि हुन सक्ने योग छ । मनमा शान्ति छाउने छ । 
कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएका व्यक्तिहरूले सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र शाकाहारी भोजन ग्रहण गर्नुहोला । बुधवार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले पनि तपाइँको भाग्यमा वृद्धि हुने र मनोकांक्षा पनि पूरा हुनेछ । 

सिंहः सिंह राशि भएकाहरूका लागि पनि आज समय राम्रो छ । छैटौं भावमा भ्रमण गरिरहेका चन्द्रमाले तपाइँलाई सकारात्मक बाटोतर्फ हिंडाउन भूमिका खेल्नेछन् । आज स्वास्थ्य राम्रो रहनेछ । शत्रुमाथि तपाइँको जीत हुनेछ । पढाइ लेखाईमा ध्यान केन्द्रित हुने देखिन्छ । समय अत्यन्तै शुभ रहेकाले नयाँ कार्यको थालनी आज गर्न सक्नुहुनेछ । सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएका व्यक्तिहरूले बंगलामुखी देवीको पूजा, शनिबार पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । राहु तथा केतु ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि बटुक भैरवको पूजा गर्दा लाभ मिल्नेछ । वृहस्पति ग्रहको दोष शान्त पार्न शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा गर्नुहोला ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । चन्द्रमा तपाइँको राशिमा पाचौं स्थान बनाएर भ्रमण गरिरहेकाले यात्रामा समस्या आउनेछ । दुःख पर्ने खबर सुन्नुपर्नेछ । जे काम गर्न खोजेपनि अवरोधको सामना गर्नुपर्ने देखिन्छ । मनमा तनाव उत्पन्न हुनेछ, संयम हुनुहोला । 
कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । यो राशि भएका व्यक्तिले हरियो कपडा लगाउदा राम्रो हुनेछ । कन्या राशि भएकाहरूले गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । मंगलवार र शनिवार दुर्गा र हनुमान चालिसाको पाठ गर्ने, प्रत्येक बुधबार गाईलाई हरियो घाँस दिनाले पनि भाग्यमा वृद्धि हुनेछ । 

तुलाः तुला राशि भएकाहरूका लागि आज समय भरपर्दो छैन । चौथो स्थानमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैको प्रभावले आर्थिक संकट पर्न सक्नेछ । आज लेनदेनको कारोबार नगर्नुहोला । खानामा गड्बढी हुनाले पेटरोगको सामना गर्नुपर्नेछ । औषधि उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । आफन्त पनि विनाकारण निहुँ खोज्दै आउनेछन् । समय खराब रहेकाले सर्तक हुन आवश्यक छ । 
आज भगवती देवीको दर्शन र पूजा, बृहस्पतिको मन्त्रजप गर्नाले राम्रो हुनेछ । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । तपाइँले नीलो रंगको कपडा लगाउँदा मनमा शान्ति छाउनेछ । 

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । तृतीय भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैले तपाइँको मन शान्त हुनेछ । कामबाट आर्थिक लाभ हुनेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आज गर्नुहोला । धार्मिक कार्यमा धन जानेछ । आर्थिक पक्ष सबल रहनाले सहयोग गर्ने मन लाग्नेछ । 
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा र शनि ग्रहकै मन्त्र जप गर्दा लाभ मिल्नेछ । तपाइँले मन शान्त राख्नका लागि रातो रंगको कपडा लगाउँदा राम्रो हुनेछ । 

धनुः धनु राशिका लागि आज पनि समय अत्यन्तै खराब छ । द्धितीय भावमा अर्थात शत्रु भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसको नकारात्मक प्रभावमा तपाइँ हुनुहुन्छ । तपाइँलाई आज आँखामा समस्या देखिन सक्छ । बिरोधीहरू पनि बढ्नेछन् । प्रेममा धोका पनि हुन सक्छ । नगद पैसा हराउन सक्छ । स्वास्थ्यमा पनि समस्या देखिने योग रहेकाले सर्तक हुनुहोला । 
धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठ गर्दा समय फलदायी बनाउन सक्नुहुनेछ । प्रत्येक शनिबार पीपलमा जल चढाउन सके शनिग्रह शान्त हुनेछन् । तपाइँले आफ्नो मन शान्त राख्नका लागि पहेंलो रंगको कपडा लगाउनुहोला । साथै गुरु अर्थात वृहस्पतिको मन्त्र जप गर्दा राम्रो हुनेछ । 

मकरः मकर राशि भएकाहरूका लागि आज अत्यन्तै समय राम्रो रहनेछ । आफ्नै भाग्य स्थानमा चन्द्रमा भ्रमण गरिरहेका छन् । यसको सकारात्मक प्रभावले आज आदर सत्कार पाइने ठाउँमा सरिक हुन पाइनेछ । विद्यामा प्रगति र प्रेम सम्बन्ध सुमधुर हुनेछ । स्वास्थ्य मजबूत र यात्रा फलदायी रहनेछ । नयाँ कामको थालनी गर्नका लागि आज उपयुक्त समय रहेको छ । मकर राशि भएका व्यक्तिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । तपाइँले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । तपाइँले आफ्नो मन शान्त राख्नका लागि कालो रंगको कपडा लगाउनुहोला । 
  
कुम्भः कुम्भ राशिका लागि आजको दिन त्यति अनुकूल देखिएको छैन । १२औं भावमा रहेका चन्द्रमाले मानसिक पीडा, मानहानी हुन सक्नेछ । आफन्तले धोका दिन सक्नेछन् । आर्थिक कारोबार आज नगर्नुहोला । गरिरहेको काममा चित्त बुझ्ने छैन । खर्चमा एक्कासी वृद्धि हुने योग छ । तपाईले मन शान्त राख्न कालो रंगको कपडा लगाउनुहोला । 
कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । तपाइँले हनुमान चालिसाको पाठ, शिवजीको दर्शन, पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । भोका व्यक्तिलाई भोजन र असाहाय व्यक्तिलाई वस्त्रदान गर्नाले तपाइँको भाग्यमा वृद्धि हुनेछ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय शुभ रहनेछ । ११औं भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैले धन र जमीन लाभ हुनेछ । खुशीका खबर हुन्न पाइनेछ । मान सम्मान पनि आज तपाइँलाई मिल्न सक्छ । साथी भाइको सहयोगले आँटेका कार्य पूर्ण हुनेछ । तपाइँले आफ्नो मन शान्त राख्नका लागि पहेंलो रंगको कपडा लगाउनुहोला । 
मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले हरेक दिन गणेशजी तथा विष्णु भगवानको पूजा गर्दा ग्रहपिडा कम हुनेछ । शनिवार महामृत्युञ्जयको जप गरेर र कुकुरलाई रोटी दिनाले पनि काममा सफलता मिल्नेछ । साथै घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।