देशभर पश्चिमी वायुको आंशिक प्रभाव, मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौँ । मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा दिउँसो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल  देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन २७ गते (बिहीबार)

दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति :  सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामन्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

फागुन २८ गते (शुक्रबार)

दिउँसो :  प्रदेश २ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभरी आंशिकदेखि सामान्य बदली  रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

फागुन २९ गते (शनिबार)

दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली  रहने छ। देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति :  गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, वाग्मती प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।