जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजनामा गेटामा सार्वजनिक सुनुवाई कार्यक्रम

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजनामा गेटामा सार्वजनिक सुनुवाई कार्यक्रम

कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ । समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्र्तगत सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी, कैलालीले कार्यक्रमNo description available.को आयोजना गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहोराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतम रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कर्ण सिहँ बोहोरा रहेका थिए ।

 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत यादव प्रसाद भण्डारी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत बहादुर थापा, नेपालि कांग्रेसका प्रतिनिधि पदमराज भट्ट लगायत वडाका अन्य जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले विद्यालयक्षेत्रमा पनि ट्राफिक सम्बन्धी सुचना मुलक बोर्डहरु राखिनुपर्ने, तिब्र गतीले हुने दुर्घटना न्युनिकरणको समधान के हुने, हाईबे तथा चोकहरुमा मात्रै नभई भित्रि सडकहरुमा पनि सवारी चेकजाँचको व्यवस्था गरिनुपर्ने लगायत ट्राफिक प्रहरीका आचरण र व्यवहार, मापसे चेकजाँच, निर्माणाधिन छ लेन सडकको जेब्रा क्रसिङ तथा जोखिमपुर्ण सडकको विषयमा आफ्ना गुनासाहरु राखेका थिए ।

गुनासाहरुको जवाफ दिदै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतमले कार्यक्रममा आएका गुनासाहरुलाई पहिलो प्राथमिकतामा राखेर कार्य गरिने बताए ।

ट्राफिक प्रहरीहरुप्रति नागरिकहरुको गुनासो के छ भन्ने विषयमा नै कार्यक्रम आयोजना गरिएको बताउदै उनले जनताका गुनासाहरुको आधारमा नै आफ्नो कार्यप्रगतीको बारेमा जानकारी हुने बताए ।

‘ट्राफिक प्रहरीले जनताको हितका लागी नै कार्य गर्दछ’ उनले भने ‘भोली हुने सम्भावीत दुर्घटनाको न्युनीकरणका लागि हामीले अत्तरिया क्षेत्रका विभिन्न विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमहरु पनि गर्दै आएका छौ ।’

धनगढीमा रहेको आयल निगमका ट्याङकर व्यवस्थापनको विषयमा बोल्दै उनले त्यसको प्रकृया पनि थालेको र प्राविधिक कारणले गर्दा समाधान हुन नसकेको बताए ।

‘ट्याङकर व्यवस्थापनको लागी पहल गरेका हौ’ उनले भने ‘केही मात्रामा व्यवस्थापन गर्न सकिएपनि शहरीक्षेत्र भन्दा बाहीर ट्याङकरहरुको पार्किङका लागी प्रोसेसमा लागेका थियौ, स्थानिय तह एवम् धनगढीको आयल डिपो सँग कुरा गरिसकेका छौ, प्राविधिक कारणले गर्दा त्यसको व्यवस्थापन हुन सकेको छैन, त्यसको प्रकृयामा अझै जानेछौ ।’

उनले ट्राफिक प्रहरीको आचरण र व्यवहारका बारेमा आफुलाई जानकारी दिन अनुरोध गरे । ‘ट्राफिक प्रहरीका कुनै पनि क्रियाकलाप, तिनिहरुका कमीकमजोरीहरुलाई नलुकाएर हामीलाई जानकारी गराउनुहोला’ उनले भने ‘यदी कुनैपनि ट्राफिक प्रहरीले लुकिछिपि हात मिलाउने गरेको जानकारी पाए २४ घण्टाभित्र त्यसलाई कडा भन्दा कडा कारबाही गरिनेछ ।’

जनताको सेवाका लागी नै ट्राफिक प्रहरीहरु खटिने भएकाले जनहितको कार्यमा स्थानियस्तरबाट केही मात्रामा सहयोग आवश्यक पर्ने उनले बताए । प्रहरी र समुदाय सधै एकआपसमा मिलेर जानुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष कर्ण सिहँ बोहोराले कार्यक्रम एकदमै उपयुक्त भएको बताए । उनले कार्यक्रमले नागरिकहरुका गुनासाबारे जानकारी पाईनुका साथै प्रहरी र समुदायबिचका सम्बन्ध झनै सुमधुर हुने बताए । उनले गोदावरी–५ गेटाका विद्यालयहरुमा पनि दुर्घटना न्युनिरकण सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्न आग्रह गरे ।

कार्यक्रममा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहोराले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले गरेका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन गेटा अस्थायी ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज राजेन्द्र बिष्टले गरेका थिए ।

No description available.