कञ्चनपुरमा बलात्कार गरेको आरोपमा १ जना पक्राउ

कञ्चनपुरमा बलात्कार गरेको आरोपमा १ जना पक्राउ

कञ्चनपुर ।  कञ्चनपुरमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको लालझाडी गाउँपालिका -६ का ३२ वर्षीय दील बहादुर चौधरी रहेको प्रहरीले बताएको छ । 

उनले मङ्गलबार (फागुन २५ गते ) राति ९ बजे तिरको समयमा सोही ठाउँकी ५१ वर्षीया महिलामाथि जबरजस्ति करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रहरीका अनुसार आरोपित चौधरीलाई नियन्त्रणमा लिईएको छ । शुक्रबार म्याद थप गरी आवश्यक कारवाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।