विजनेस नभएपछि एक हप्ताका लागि संसद बैठक स्थगित

विजनेस नभएपछि एक हप्ताका लागि संसद बैठक स्थगित

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिबेशन शुरु भएको छ । तर प्रदेश सभा लामो समयसम्म सञ्चालन गर्न बिजेनस नभएपछि माघ ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सरकारले तेस्रो अधिबेशनमा छलफलका लागि एक बिधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो । प्रदेश सभा सचिवालयमा सरकारका तर्फबाट दर्ता भएको प्रदेश सभा संचालन सम्बन्धी बिधयेक २०७५ शुक्रवार सरकारले आवश्यक संशोधनका लागि भन्दै फिर्ता लिएको छ ।

प्रदेश सभाको कार्य ब्यवस्था परामर्श समितिले शुक्रवारको बैठकमा सो विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची तय गरेको थियो । तर सरकारले शुक्रवार बिहान मात्रै बिधेयक फिर्ता लिएपछि अन्तिममा आएर बिधेयक पेश गर्ने बिषय कार्यसूचीबाट हटाइएको थियो।

यस बिधेयक फिर्ता भएपछि प्रदेश सभामा छलफलका लागि एक मात्र बिधेयक बाँकी रहेको छ । बजेट अधिबेशनमै दर्ता भएको सहकारी सम्बन्धी बिधेयक प्रदेश सभामा पेश भई छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ ।

सामाजिक विकास समितिले सो बिधेयक माथि बिज्ञहरुको राय लिन माघ ८ गते बिज्ञसित छलफलका लागि समय तोकेको छ । माघ ११ गते सम्म संशोधन सहित बिधेयक प्रदेश सभा सचिवालयमा फेरी दर्ता गर्ने सरकारको तयारी रहेको छ । सभाको अर्को बैठक माघ ११ गते बस्ने गरी स्थगित भएको छ ।