युट्युबले ल्यायो नयाँ कर नीति, नेपाली युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने

युट्युबले ल्यायो नयाँ कर नीति, नेपाली युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने

युट्युबले ल्याएको नयाँ कर नीतिले अब युट्युबरको आम्दानी घट्ने भएको छ । युट्यबले आगामी जुन महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म युट्युब क्रियटरको हकमा कर काट्ने भएको छ ।

युट्युबका अनुसार आउँदो जून महिनादेखि अमेरिकाबाहिरका युट्युब क्रियटरको हकमा अमेरिकी कर काट्नुपर्ने भएको छ । नयाँ कर नीतिले युट्युब क्रियटरहरुलाई निरास बनाइदिएको छ ।

अमेरिकाको आन्तरिक राजश्व नीतिको परिच्छेद ३ अनुसार अब युट्यबले अमेरिकाभन्दा बाहिरका मनिटाइज्ड क्रियटरबाट कर संकलन गर्नुपर्ने हुन्छ । यदि  युट्युबले भनेको समयमा करसम्बन्धी जानकारी समयमा बुझाएको खण्डमा  अमेरिकाबाट भएको आम्दानीको शून्य देखी ३० प्रतिशतसम्म कर बुझाउनुपर्छ ।

करको दायरा भने देशअनुसार फरक(फरक हुन सक्छ । यदि नेपालको अमेरिकासँग युट्युब लगायतका सेवाको हकमा करसम्बन्धी कुनै सन्धी सम्झौता भएको खण्डमा उक्त सम्झौताअनुसार लाग्नेछ ।

नेपालको हकमा धेरैजसो युट्यबरले आम्दानी गरेको कर नबुझाउने गरेकाले उनीहरुले करसम्बन्धी जानकारी बुझाउन असहज हुने देखिन्छ । त्यो हुँदा धेरैजसो युट्युबरले आफ्नो आम्दानीकै २४ प्रतिशत काटेरमात्रै प्राप्त गर्न सक्ने अवस्था छ ।