कञ्चनपुरमा आगलागीबाट झण्डै साढे ४ लाखको क्षति

कञ्चनपुरमा आगलागीबाट झण्डै साढे ४ लाखको क्षति

कञ्चनपुरमा आगलागीबाट झण्डै साढे ४ लाखको क्षति भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलास्थित ६० वर्षीया बिस्ना दमाईको घर अगाडि राखिएको परालको थुप्रोमा आगलागी हुँदा साढे ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सोही ठाउँका स्थानीय भरत सार्कीले नजिकै आफ्नो अटो रिक्सा रोकेर चुरोट खाइरहेको अवस्थामा आगो सल्कीएपछि आगलागी भएको अनुमान गरिएको बताए।

आगलागीका कारण सार्कीको अटो रिक्सा समेत जलेपछि साढे ४ लाखको क्षति भएको उनले बताए। सार्की बिहीबार रातिदेखि नै फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।