नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत्र १ गते

नेकपा एमालेको  केन्द्रीय कमिटी बैठक चैत्र १ गते

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक यही चैत्र १ गतेको लागि बोलाइएको हो । 

अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठक बोलाउनु भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

बैठकको मिति तय भए पनि स्थान भने अझै टुंगो नभएको रिजालले बताउनुभयो  । बैठकमा नवौँ महाधिवेशनबाट निर्वाचित र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरु सहभागी हुनुहुनेछ ।