एक करोड बढी लगानीमा धनगढीमा आज देखी शुरुहुदै “एलिनाज् लाउन्ज"

एक करोड बढी लगानीमा धनगढीमा आज देखी शुरुहुदै “एलिनाज् लाउन्ज"

धनगढी ।  ठुला लगानीका होटेल तथा रेष्टुरेन्ट एक पछी अर्को गरि सञ्चालनमा आइरहेको धनगढीमा करोड बढी लगानीमा अर्को रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । नयाँ तथा मिठो खानाको स्वादका पारखीहरुका लागि नयाँ रेष्टुरेन्ट “एलिनाज् लाउन्ज एण्ड बार” आजदेखि सञ्चालनमा आउने भएको छ ।


घरकै शैलीमा फरकपनसहित मौलिक खानाका परिकारहरुसहित पछील्लो पटक धनगढीमा चर्चीत खाना तथा नास्ताका परिकारमा भिन्न स्वाद दिने उदेश्य सहित रेष्टुरेन्ट सञ्चालन आउन लागेको हो ।

एलिनाज्का सञ्चालक प्रेमबहादुर बुढा क्षेत्रीले धनगढीवासी र यस वरपरका खानाका पारखीहरुलाई ध्यानमा राख्दै एक करोड भन्दा बढी लगानी गरेर धनगढीमा रेष्टुरेन्ट  खोलेको बताए ।

बजारमा सञ्चालन भइरहेका अन्य थुप्रै रेष्टुरेन्ट भन्दा छुट्टै विशेषतासहित सञ्चालनमा आएको उनले स्पष्ट पारे । सबै तयारी पूरा भएको र आज देखि सञ्चालनमा आउने उनले बताए । शुभारम्भकै अवसरमा आज रेष्टुरेन्टमा खानाका स्वाद चाख्ने कार्यक्रम राखेको उनले बताए । 


रेष्टुरेन्टलाई कलात्मक आट्र्सले श्रृगारिएको छ ।  स्वाद लिन आउने ग्राहकहरुलाई आर्कषित गर्ने संचालकको दावी छ । थकाली खाना, मट्का विरायनी, फायर पिज्जा लाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको रेष्टुरेन्टमा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने थापाले बताए । 

एक करोड लगानीमा संचालनमा आउन लागेको रेष्टुरेन्टमा पूर्ण एसीसहितको रहेको छ । लाउन्जमा गीत गाएर मनोरञ्जन लिने सांगीतीक ब्यान्ड समेत रहनेछ । कैलाली उद्योग वाणिज्य संघ, कैलालीका अध्यक्ष पुष्पराज कुवर द्वारा आज उद्धघाटन संगै आज र भोली दुइदिन कलाकारहरुको समेत उपस्थीतीमा कार्यक्रमहरु गरिने व्यवस्थापनले जनाएको छ ।