धनगढीमा ''एलिनाज लाउन्ज बार एण्ड रेष्टुरेन्ट'' सञ्चालनमा, अध्यक्ष कुँवरले गरे उद्घाटन

धनगढीमा ''एलिनाज लाउन्ज बार एण्ड रेष्टुरेन्ट'' सञ्चालनमा, अध्यक्ष कुँवरले गरे उद्घाटन

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा एक करोड बढीको लगानीमा एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । घरकै शैलीमा फरकपन सहित खाना तथा नास्ताका परिकारमा भिन्न स्वाद दिने उदेश्य सहित रेष्टुरेण्ट सञ्चालनमा आएको हो ।

उपमहानगरपालिका वडा नम्बर २ मा सञ्चालमा आएको रेष्टुरेण्ट आज एक कार्यक्रमका विच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले उद्घाटन गरेका हुन । घरकै शैलीमा फरकपनसहित मौलिक खानाका परिकारहरु सहित पछिल्लो पटक धनगढीमा चर्चित खाना तथा नास्ताका परिकारमा भिन्न स्वाद दिने उदेश्य सहित रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।  

एलिनाज्का सञ्चालक प्रेमबहादुर बुढा क्षेत्रीले धनगढीवासी र यस वरपरका खानाका पारखीहरुलाई ध्यानमा राख्दै एक करोड भन्दा बढी लगानी गरेर धनगढीमा रेष्टुरेन्ट  खोलिएको जानकारी दिए । रेष्टुरेन्टलाई कलात्मक आट्र्सले श्रृगारिएको छ ।  स्वाद लिन आउने ग्राहकहरुलाई आर्कषित गर्ने संचालकको दावी छ ।

No description available.

थकाली खाना, मट्का विरायनी, फायर पिज्जा लाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको रेष्टुरेन्टमा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने थापाले बताए ।

एक करोड लगानीमा संचालनमा आएको रेष्टुरेन्टमा पूर्ण एसी सहितको रहेको छ । लाउन्जमा गीत गाएर मनोरञ्जन लिने सांगीतीक ब्यान्ड समेत रहनेछ । यस्तै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले रेस्टुरेन्टको उद्घाटन गर्दै युवा व्यवसायीहरुलाई व्यवसायीक सफल्ताको शुभकामना दिएका छन ।