भारतमा लुटिए नेपाल आउँदै गरेका अछामका ६ जना

भारतमा लुटिए नेपाल आउँदै गरेका अछामका ६ जना

धनगढी । भारत बाट नेपाल आउँदै गरेका ६ जना नेपाली भारतमा लुटिएका छन् ।  भारतबाट नेपाल आउने क्रममा बाटोमै ६ जनाको करिब ५ लाख बराबरको सामान सवारी चालकको मिलेमतोमा लुटपाट  भएको नागरिक तथा शान्ति समाज नेपाल सुदूरपश्चिम प्रदेशका सचिव मदन बहादुर कुँवरले बताए ।

लुटिनेमा अछामको बान्नीगढी जयगड गाउँपालिका ६ पाटे खेत दर्ना बस्ने पदम थापा, हिक्मत थापा र महेन्द्र विष्ट लगायत अन्य ६ जनाको सामान चोरी भएको हो । भारतको गुजरातमा काम गदै आएका उनीहरू फागुन २३ गते नेपाल आइरहेका थिए । सोही क्रममा गरगहना सहित लुट पात भएको हो ।

उनीहरूले  ६० हजार भारतीय रुपैयाँ सहित सुनका गरगहना लुटेको आरोप पीडितका आफन्तले लगाएका छन् ।