कैलालीमा मृत फेला परेका पुरुषको परिचय खुल्यो

कैलालीमा मृत फेला परेका पुरुषको परिचय खुल्यो

धनगढी । कैलालीको गेटामा आज विहान मृत फेला परेका पुरुषको परिचय खुलेको छ ।

जिल्लाको गोदावरी नगरपालिका-५ गेटास्थित मोहना अत्तरिया ६ लेन सडकछेउको पानी जमेको कल्भर्टमा कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का अन्दाजी ४० वर्षीय मोहनबहादुर चन्द मृत फेला परेको प्रहरीले जनाएको छ।  

शनिबार बिहान स्थानीयबासीले खाल्डोमा उनको तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सोही अनुसार प्रहरीले घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।