मोटरसाइकलको ठक्करबाट नाबालिकाको मृत्यु

मोटरसाइकलको ठक्करबाट नाबालिकाको मृत्यु

अछाममा  मोटरसाइकलले ठक्कर दिंदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलबजार नगरपालिका १ की ढाई वर्षीया तुलसी माझी रहेकी छन् ।

उनलाई से ४ प ९१३८ नम्बरको मोटरसाइलले ठक्कर दिएको थियो । मोटरसाइलको ठक्करबाट घाइते भएकी माझीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।  उनको मृत्युपछि प्रहरीले मोटरसाइकल चालक बिष्टलाई नियन्त्रणमा लिएको छ ।