आगलागीबाट ८ करोड को क्षती व्यहोरेको आलोक फर्निचर उद्योग स्थलमा सरसफाइ

आगलागीबाट ८ करोड को क्षती व्यहोरेको आलोक फर्निचर उद्योग स्थलमा सरसफाइ

कैलाली । धनगढीको चटकपुर स्थित आगलागीबाट ध्वस्त बनेको आलोक मल्टी कन्सर्न प्रा.लि फर्निचर उद्योगमा कैलाली उद्योग वाणिज्यको संघको समन्वयमा धनगढीका व्यवसायी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको टोलीले आइतबार विहान सो उद्योग स्थल सरसफाइ गरिएको छ ।

यसैबीच उद्योग सञ्चालक भोजराज भट्टले सवैको सहयोग र सहानुभूतिले पुनः उद्योग सञ्चालन गर्न आँट आएको बताए। फागुन २२ गते धनगढी उपमहानगरपालिका ४ चटकपुरमा उद्घाटनको तयारीमा रहेको सो आलोक मल्टी कन्सर्न प्रालिद्वारा सञ्चालित उद्योगमा लागलागी भएको थियो।

भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको शो रुमसहितको उद्योगमा आगलागी हुँदा झण्डै ८ करोडको क्षति भएको छ ।