केपी ओलीका असंवैधानिक कदम रोक्न संयुक्त आन्दोलन : महर

केपी ओलीका असंवैधानिक कदम रोक्न संयुक्त आन्दोलन : महर

काठमाडौं । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गैरसंवैधानिक र जनभावना विपरीत कदम रोक्न सर्वदलीय संयुक्त संघर्ष गर्ने बेला आएको बताएका छन् ।

नवलपरासी पूर्वको कावासोतीमा आयोजित कार्यक्रममा बोल्दै महरले ओलीका पछिल्ला जनविरोधी गतिविधि नरोके व्यवस्थामाथि नै चुनौती थपिन सक्ने भन्दै अग्रगमनकारी शक्तिहरु गम्भीर बन्नु  बताए ।

उनले भने, ‘जनताको साथ लिएर संयुक्त संघर्षबाट केपी ओली नेतृत्वको जंगली राजको अन्त्य गर्न जरुरी छ । होइन भने जनताको ठूलो त्याग र संघर्षबाट प्राप्त प्रजातान्त्रिक व्यवस्थामाथि नै खतरा उत्पन्न हुनसक्छ ।’

तत्कालीन माओवादी केन्द्रसँगको स्वार्थप्रेरित एकता र तत्कालीन मधेशवादी दलको समर्थन पाएपछि केपी ओलीले सर्वसत्तावादी चरित्र देखाउन थाकेको र हालसम्म आइपुग्दा अराजकताको हद पार गरिसकेको महरको भनाइ छ।