टिपिक्कै चोलीको तुना फुक्ने गरेर हिड्छन

टिपिक्कै चोलीको तुना फुक्ने गरेर हिड्छन

टिपिक्कै चोलीको तुना फुक्ने गरेर हिड्छन।
आखिरमा शीर आफ्नो झुक्ने गरेर हिड्छन।

सबै सम्बन्धहरू व्यापार भएका छन अचेल,
जो बेचिन्छन स्वयं मूल्य चुक्ने गरेर हिड्छन।

कत्ती जवानी आउँछ होला मात्तिदै उम्लिएर,
सारा दुनियाँले मुहारमा थुक्ने गरेर हिड्छन।

संस्कार सभ्याताको अभ्यास गर्छन अनौठा, 
बैसमा मदहोस यात्री नरुक्ने गरेर हिड्छन।

विश्वास टुटेको कुकुरले ठाउँ पाउदैन घरमा,
पेटको लाग्छ खै चिन्ता भुक्ने गरेर हिड्छन।

यस्तै हो पचाउन सक्नेले पचाउछ के गर्नु छ,
न देखिने गरेर हिड्छ न लुक्ने गरेर हिड्छन।

मान्छे फकाउने कला भएका मान्छे बिक्छन,
न थाक्छन बोल्दा घाँटी सुक्ने गरेर हिड्छन।