वानप्लसको स्मार्टवाच अब छिटै नै बजारमा, के कस्तो छन् फिचर ?

वानप्लसको स्मार्टवाच अब छिटै नै बजारमा, के कस्तो छन् फिचर ?

वानप्लसले स्मार्टवाच अब बजार सार्वजनिक हुने भएका छन् । कम्पनीले ट्वीटरमा एउटा छोटो भिडियो शेयर गर्दै पहिलो स्मार्टवाच सार्वजनिक गर्ने संकेत गरेको छ । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘यु आक्स्ड फर इट ।

यु आर गेटिङ इट ।’ यही ट्वीटका आधारमा कम्पनीले मार्च २३ मा स्मार्टवाच ल्याउने संकेत दिएको हो । कम्पनीले मार्च २३ अर्थात चैत १० गते वानप्लस नाइन सिरिज सार्वजनिक गर्दै छ ।

यही लञ्च इभेन्टको अवसर पारेर कम्पनीले पहिलो स्मार्टवाच ल्याउने अनुमान गरिएको छ । वानप्लस वाचमा हेल्थ, फिटनेश र स्लिपिङ ट्रयाकिङ फिचर रहने बताइएको छ ।