सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहले लिएको छ ।
गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी विस्फोटको जिम्मेवारी लिएको हो ।
मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको जनाएको छ । मालपोत कार्यालयमा शंकास्पद विस्फोटक पदार्थ पड्किँदा ८ जना घाइते भएका छन् ।
आइतबार दिउँसो लहान नगरपालिका–८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने कोठाको प्लाई छेउमा कुकर बमजस्तो देखिने शंकास्पद विस्फोटक पदार्थ विस्फोट भएको हो ।