गर्भवति तथा सुत्केरी आमाहरूलाई केदारस्युँ गाँउपालिकाको उपाध्यक्ष कोषेली कार्यक्रम

गर्भवति तथा सुत्केरी आमाहरूलाई केदारस्युँ गाँउपालिकाको उपाध्यक्ष कोषेली कार्यक्रम

बझाङ । बझाङको केदारस्युँ गाँउपालिकाले गर्भवति तथा सुत्केरी आमाहरूलाई उपाध्यक्षको कोषेली कार्यक्रम सुरु गरेको छ । 

सुत्केरी आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उदेश्यका साथ कार्यक्रम लागू गरिएको गाउँपालिकाकी उपाध्यक्ष निसा धामीले बताइन् । उनले भनिन् गर्भवति र सुत्केरी भएका बेला पोषिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश दिनका लागि कोसेली दिन सुरु गरिएको हो । 

बच्चा तथा आमाको स्वास्थ्यलाई मध्य नजर गर्दे सुत्केरी तथा गर्भवति आमाको पोषणमा सुधार ल्याउर्न पहिलो चरणमा ४० जना आमाहरुलाई कोषेली वितरण गरेको उनको भनाई छ । प्रारम्भिक चरणमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटबाट ५ लाख बजेट विनियोजन गरिएको छ । आईतबार रायल प्राथमिक स्वास्थ्य केन्द्रमा ४० जना गर्भवति तथा सुत्केरी आमालाई कोषेली दिएर कार्यक्रमको सुरुवात गरिएको छ । कोसेली सधै वितरण गरिने र सम्भव भए घरघरमै गएर वितरण गरिने धामीको भनाई छ ।

गाउँपालिकाका सबै वडाहरुमा रहेका स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरमा गएर गर्भवति तथा सुत्केरी आमाहरुलाई कोसेली वितरण गरिने भएको छ । उपाध्यक्षको कोसेली कार्यक्रममा अण्डा, फलफूल र बच्चा तथा आमाको सरसफाइका समानहरू राखिएको छ ।

उपाध्यक्ष कोसेली कार्यक्रमलले गर्भवती तथा सुत्केरीको आमाहरुको पौष्टिक आहार खाने बानिको विकास हुने रायल प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डम्मर धामीले बताए ।

पछिल्लो समयमा गर्भवति तथा सुत्केरी महिलाहरुमा नियमित स्वास्थ्य जाँच गर्ने बानि बसिसकेकाले उपाध्यक्षको कोषेली कार्यक्रम बाट नियमित पोष्टिक आहार खानेबानीको विकास हुने उनको भनाई छ ।