कैलालीको कैलारी गाउँपालिकाबाट लागुऔषधसहित एक जना पक्राउ

कैलालीको कैलारी गाउँपालिकाबाट लागुऔषधसहित एक जना पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ जिल्लाको कैलारी गाउँपालिका वडा ७ रामपुरका ४८ वर्षीय रामबिलाश चौधरी 'क्लोर्फेनिरामिन मेलिएट एण्ड कोडिन फसफेट सिरप' लेखिएको लागुऔषधका ४० थान सीसीसहित पक्राउ परेका हुन्।

प्लाष्टिकको कट्टा बोकी शंकास्पद रूपमा हिडडुल गरिरहेको अवस्थामा चेकाजाँच गर्दा उनको साथबाट लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीविरूद्ध लागुऔषध शिर्षकमा मुद्दा दर्ता  गरि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्ट बताए।