कैलालीमा भारतबाट भन्सार छलेर ल्याइएका अवैध सामान बरामद

कैलालीमा भारतबाट भन्सार छलेर ल्याइएका अवैध सामान बरामद

कैलाली । कैलालीमा भारतबाट भन्सार छलेर ल्याइएका अढाई लाख बराबरको अवैध सामान बरामद गरीएको छ । 

आईतबार बिहान जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित सडकखण्डमा भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका  १ सय ७० थान लेडिज सुट, कुर्ती ९० थान, पाउडर १ सय १५ दर्जन, कोटको अस्तर ४ रोल, कपडा १ थान गरि १ लाख १८ हजार ९ सय बराबरको सामान बेबारिसे अवस्थामा फेला पारेको हो। बरामद गरिएका सामानलाई आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्ट बताए। 

त्यस्तै कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १९ खेदाबाट भन्सार छलेर ल्याइएका ३० बोरा चिनी, मोबिल, प्लाष्टिकको डोरी गरि १ लाख ७ हजार १ सय बराबरको अवैध सामान बेबारिसे अवस्थामा फेला पारेको छ। सो सामानलाई पनि आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्ट बताए।